पछिल्लो ब्लग टोरेण्टको बारेमा लेखे पछि, यो नयाँ ब्लगमा पनि टोरेण्टको अर्को पाटो बारे लेख्छु भन्ने विचार गरिरहेको थिएँ। तर, भयो यस्तो कि, कसरी कसरी म
bloggers.com.np र Nepali Bloggers को
गुगुल ग्रुप सदस्य हुन पुगेछु। अनि त शुरू भो, ईमेलको ओइरो। हरेक दिन १०-१५ वटा ईमेल आउँथ्यो, अहिले पनि आइरहेको छ। हरेक जस्तो ईमेलमा ईमेल पठाउने मान्छेले आफ्नो ब्गलको विज्ञापन गरे जस्तो गर्छन्। हेर्दिउँन त भनेर ती ब्गलहरू पनि हेरियो। कुनै कुनै राम्रा पनि छन् र धेरै पैसा कमाउनको लागि लेखिएका(copy paste गरिएका) ब्लग छन्। तपाईँ पनि bloggers.com.np मा गएर नेपालीले कस्तो ब्लग लेख्ने रहेछ भनेर हेर्न सक्नुहुनेछ।
अब कुरा गरौं मान्छेले ब्लग किन लेख्छन् भनेर। एउटा, आफ्नो कुरा लेख्न। दोस्रो, आफ्नो कुरा अरूले पनि पढोस् भन्न। तेस्रो, पैसा कमाउन। चौथो, पाँचौ पनि होला, तर अहिले मलाईँ फ्याट्टै आएन। ब्लग लेख्ने माध्यम धेरै छन्, blogger, wordpress, hotmail को spaces, आदि। यी मध्य पहिलो र दोस्रो पैसा कमाउन खोलिने ब्लगहरूको माझमा प्रख्यात माध्यम हुन्।
पैसा कसरी कमाउने त ब्लगबाट?
blogspot(blogger.com)को कुरा गर्छु। यो गुगुलको स्वामित्वमा पर्ने साइट हो। तपाईँले आफ्नो ब्लगमा गुगुलको विज्ञापनहरू राख्न सक्नुहुनेछ। यदि कुनै मानिसले ती विज्ञापनमा click गर्यो भने, तपाईँको खातामा डलर फल्छ। धेरै जनाले click गर्यो भने धेरै डलर फल्छ। गुगुल बाहेकको विज्ञापन पनि तपाईँ आफ्नो साइटमा राख्न सक्नुहुन्छ, पैसा कमाउन। तपाईँले नेपाली ब्लगहरू यसो search गर्नु भयो भने, यही पैसाको पछि लागेका ब्लगहरू सजिलै पाउनु हुनेछ।
अब कुरा गरौं, विज्ञापनको बारेमा...
ब्लग भनेको अरूले आफ्नो कुरा पढुन् भनेर लेख्ने हो (मेरो भनाई है)। ब्लगको content भन्दा बढि विज्ञापन राख्ने ब्लगर्सहरूलाई के भन्ने? dcnepal.net भन्ने हेर्नुस् त। ठिक छ, अलि अलि राख्नुस्, तपाईँको आफ्नो choice हो, होइन? तर, ब्लग पढ्ने त हामी हौँ नि। हामी काम-न-काजको disgusting विज्ञापन किन हेरौं? हामी आफ्नो मन पर्ने कुरा पढ्छौं... अनि जान्छौं... । उदाहरणको लागि, टि.भि हेर्दाको कुरा गरौं न: म एउटा कार्यक्रम हेरिरहेको छु। मलाई त्यो मन पर्छ, बीचमा फ्वाक्क काम-न-काजको विज्ञापन आउँदा रिस उठ्दैन? म त त्यो विज्ञापन हेरेर बसौँला त ? रिमोटले म अर्को च्यानल लगाउँछु नि। एक छिनमा फर्किन्छु त्यही च्यानलमा, विज्ञापन सके पछि। उहिले नेपालमा ने.टि.भि मात्रै थियो, विज्ञापन पनि कण्ठ हुन्थ्यो, हेर्नै पर्थ्यो, कण्ठ नहुने भन्ने हुँदै भएन। तर अहिलेको कुरा फरक छ। दशौ बीसौं च्यानल छन्। चाहिएको भेला तु.का.तु channel change गर्न भैहाल्छ। विज्ञापन हेरेर बस्ने मान्छे कमै होलान् नि होइन अहिले? मेरो कुरा गर्नु हुन्छ भने मलाई विज्ञापन मन पर्दैन। हो विज्ञापन भनेको सुचनाको आधार हो। तर, चाहिने नचाहिने, जहिले पनि दोहोरिने सुचना म किन हेरूँ। हो... अब बुझ्नु भयो नि, कुनै पनि internet site अथवा ब्लगको विज्ञापन म किन हेरूँ? झन् त्यो flash र gif वाला विज्ञापन आउँछ नि, मलाई त फितिक्कै मन पर्दैन। हो विज्ञापन बिना media company हरू चल्दैन, विज्ञापन बिना कुनै कुनै ब्लगरलाई अप्ठ्यारो पर्न सक्छ। विज्ञापन कस्तो बनाउने? कसरी मानिसलाई विज्ञापनबाट तान्ने? यी कुराहरू ध्यान दिनु पर्यो नि। जे पायो त्यही विज्ञापन दिएर, अहिले काम छैन। हामी दर्शक एवम: पाठकसँग धेरै alternativeहरू छन्। internetको लागि
adblock plus हाम्रो ब्रह्मास्त्र हो। adblock plusको slogan नै छ: save your time and traffic. विभिन्न विज्ञापनहरू load हुन समय लाग्छ, बढि bandwidth खान्छ। अब, हामीले हेर्ने त हाम्रो लागि हो। तपाई-हामी मध्य कोहि होला?: गरीखाओस् भनेर भए भरको adमा click गरेर बस्ने? समयको सत्यानाश, bandwidthको सत्यानाश... हाम्रो जाने हो क्यारे पैसा। यो नसोच्नुस् यो मुला विज्ञापनले के बिगार गरेको छ र? विज्ञापनले पनि त हाम्रो bandwidth खान्छ नि त।
ल भो... धेरै भुमिका बाँडियो। कुरो बुझ्नु भो होला नि। तपाईँलाई internet मा विज्ञापन हेर्नु छैन भने, ती विज्ञापनलाई block गर्न मिल्छ। तपाई आफ्नो bandwidth सदुपयोग गर्न सक्नु हुन्छ। तपाईँले खोलेको साइट browser ले छिटो load गरेर छिटो display गर्नसक्छ।
अब कुरो आयो, गर्ने कसरी?
मैले भने, adblock plus। हो यही हो, हाम्रो अस्त्र।
यहाँ गएर यसको बारे पढ्नु होला। firefoxमा अर्को add-on पनि install गर्नु होला: flashblock र Adblock Plus: Element Hiding Helper. तलका चित्रहरू adblock plus बिहिन internet explorerमा mysansar को हो भने, दोस्रो त्यही पेज adblock plus ले सुसज्जित firefox को हो। तपाईँलाई कुन मन पर्छ कुन्नि? मलाई त दोस्रो मन पर्छ पक्कै पनि।मैले अरू धेरै फिल्टरहरू राखेको हुनाले तपाईँले दोस्रो चित्र जस्तो पेज पाउन नसक्नु होला। तर, adblock ले ad हरू पक्कै पनि हटाइदिन्छ।

अब कुरा गरौँ,
Adblock Plus: Element Hiding Helper को.
adblock plus ले हटाउन नसकेको ad (text based ad) अथवा अरू जे सुकै, element hiding helper ले हटाउन सकिन्छ। यो add-on install गर्नु होला अनि "control + shift + k" थिच्नु होला। जे हटाउन मन लाग्छ त्यही हटाउनुस्।
उदाहरणको लागि:
मलाई
postkari: nepali technical blog लेखेको मन परेन रे। तल हेर्नु होला, यो text part लाई कसरी हटाउने(चित्र नं. १, २ र ३) र फेरी कसरी देखाउने(अरू बाँकी चित्रहरू)।










त्यसै गरी dcnepal.net लाई हेरौँ... हुन त... डि.सी नेपाल भन्ने वेभ साइटले भए-भरको अरू नेपाली वेबसाइटको समाचार चोरेर राख्छ। तर, धेरै समाचार एकै ठाउँमा हुने भएकोले यो साइट हेर्न लायकको छ। अझ तपाईँले यो साइटको मुनि तिर हेर्नु भयो भने एउटा हँसाउने कुरा देख्नु हुनेछ:
No part of the news, articles or files appearing in this site may be reproduced without the prior permission of
Ramhari Subedi [Chief Editor | Publisher - DCNepal.com]


adblock plus को कमाल देख्नु भो त?
आशा छ, तपाईँलाई यो ब्लगको यो content मन पर्यो होला। : )